खेलकुद

सन्दीपविरुद्धको बलात्कार मुद्दा हेर्न भ्याइएन, अर्को पेशी भदौ २१ गते

Madhyabindu Online


A A- A+

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आइतबारको पेशी पनि स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न आज नभ्याइनेमा राखिएको हो।

आज हेर्न नभ्याइने भएपछी अर्को पेशी २१ भदौलाई तोकिएको छ। लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाने भएका छन्। आज अदालतमा सुनवाइ स्थगित भएसँगै उनको पाकिस्तान यात्रा निश्चित भएको छ।

लामिछानेले नाबालिगलाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दा अन्तिम सुनुवाइ हुन तयार भएपछि पनि जिल्ला अदालत काठमाडौंमा १० पल्ट पेशीमा चढिसकेको छ। अन्तिम सुनुवाइका लागि पेशीमा चढ्न थालेको सात महिना पुगे पनि बहस सुन्ने र फैसला सुनाउने काम भएको छैन। प्रायजसो पेशी ‘हेर्न नभ्याइने’मा परेको छ।

छुटाउनु भयो कि ?