फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

क्रिकेटर सन्दिप लामीछाने पाकिस्तान जाँदै
काठमाडौं – क्रिकेटर सन्दिप लामीछाने पाकिस्तान र श्रीलंकामा आयोजना हुन लागेको एसिया कप क्रिकेटका लागी सोमबार (आज) त्यसतर्फ जाने भएका छन् ।
सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङले विदाई गर्ने भएका छन् ।
काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधिन रहेको र अन्तिम सनुवाईको तारिख परेका कारण सन्दीप एक साता अघि नेपाली टिमसँग पाकिस्तान गएका थिएनन् ।तर, आइतबार उनको पेसी हेर्न नभ्याइने सूचीमा परेपछि आज एसियाकपका लागि पाकिस्तानको मुल्तान जान लागेका हुन् ।
सन्दीप आज ११ः२० को कतार एयरवेजमार्फत दोहा हुँदै पाकिस्तानको मुल्तानमा उत्रने छन् । उनको साथमा नेपाल क्रिकेट संघ क्यानले सुवास जयसवाललाई पनि पठाउने भएको छ ।
जयसवाल नेपाली क्रिकेट टिमसँग एसिस्टेन्ट म्यानेजरको रुपमा आवद्ध हुने क्यानले जनाएको छ ।