फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

लक्ष्मी लघुवित्त वित्तीय संस्थाद्वारा छात्रवृत्ति वितरण
काठमाडौं – लक्ष्मी लघुवित्त वित्तीय संस्थाले २०८० को एसइइ को नतिजा प्रकाशन पश्चात आगामी उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति प्रदान गरेको छ ।
सिन्धुपाल्चोक जिल्लाको बाहुनेपाटी शाखामा आबद्ध सदस्य माया गोलेको छोरी शार्मिला स्याङवो तामाङले २०७९ सालको एसइइ परीक्षामा उत्कृष्ठ अंक प्राप्त गरी उर्तिण गरेका थिइन ।
निज सदस्यको छोरीलाई उच्च शिक्षा हासिल गर्न सहयोगार्थ लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्यक्रमको आयोजना गरी छात्रवृत्ति उपलब्ध गराएको हो ।
बाहुनेपाटी शाखाका शाखा प्रबन्धक राजाराम श्रेष्ठले लक्ष्मी लघुवित्त संस्थाले कर्जा वितरण तथा बचत संकलन मात्र नभएर महिला सशक्तिकरण, सामाजिक उत्तरदायित्व बहन, विभिन्न किसिमका तालिम, गोष्ठी, महिला दिदी बहिनीहरुलाई अभिमुखीकरण तालिम समेत दिने गरेको बताए ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कर्जा र बचत बाहेक संस्थामा, विप्रेषण, ट्याब्लेट बैङ्किङ र अनलाइन भुक्तानीका सुविधा सँगै महिलालाई उद्यमशीलताका माध्यम बाट महिला सशक्तीकरणमा टेवा पुर्याउने उद्देश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरू सञ्चालन गर्दै आएको छ ।