स्थानीय तह

भदौ १५ गते काठमाडौं महानगरमा सार्वजनिक बिदा

Madhyabindu Online


A A- A+

काठमाडौं – काठमाडौं महानगरपालिकाले १५ भदौमा सापारू र रोपाइँ जात्राका लागि सार्वजनिक विदा दिएको छ ।

स्थानीय राजपत्रमा विदाको सूचना जारी गर्दै महानगरले परम्परालाई निरन्तरता दिएर मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न सार्वजनिक विदा दिएको जनाएको छ ।

शुक्रबार सापारु र रोपाइ जात्रालाई परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको सूचनामा उल्लेख छ । बिदा काठमाडौं महानगरपालिका क्षेत्रभित्र मात्र हुनेछ ।

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीद्वारा प्रकाशित सूचनामा भनिएको छ,‘काठमाडौँ महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

बिहीबार जनैपुर्णिमा र गाईजात्रा एकैदिन परेकोले सरकारले बिहीबार मात्र सार्वजनिक बिदा दिएको छ । नेवार समुदायले बिहीबार नै गाईजात्रा मनाउने भएपनि शुक्रबार भने रोपाइ जात्रा मनाउने भएका छन् ।

छुटाउनु भयो कि ?