स्वास्थ्य

छन्द कविता बाचिका सरु गुरागाईलाई क्यान्सर, सहयोगको अपिल

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली छन्द कविता वाचिकाका रुपमा चिरपरिचित सरू गुरागाईलाई क्यान्सर भएको छ। उनका श्रीमान मुरारी गुरागाईले फेसबुक स्ट्याटस मार्फत यसको जानकारी गराएका छन्।

विगत एक वर्षदेखि हाडजोर्नी सम्बन्धी समस्याको उपचार गराइरहेको अवस्थामा हाल क्यान्सर रोग लागेको उनले जनाएका छन्। उनको पछाडिको हड्डी भाँचिएर उपचार भइरहेको थियो।

उनको अहिले अमेरिकामा उपचार भईरहेको छ। गुरागाइको परिवार नेपालबाट वसाई सरेर अमेरिकामै वसोवास गरिरहेका छन्।

सरु र मुरारीका ७ वर्ष र २२ महिनाका दुई सन्तान छन्। गुरागाईले उपचारका लागि सक्दो सहयोगका लागि पनि अपिल गरेका छन्।

छुटाउनु भयो कि ?