फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

ग्लोबल आईएमई बैंकले सञ्चालनमा ल्यायो नगद र चेक जम्मा गर्ने १० मेसिन
काठमाडौं – ग्लोबल आईएमई बैंकले नगद तथा चेक जम्मा गर्ने १० मेसिन सञ्चालनमा ल्याएको छ । बैंकले ५ वटा ‘क्यास डिपोजिटर’ र ५ वटा ‘चेक डिपोजिटर’ मेसिन सञ्चालनमा ल्याएको हो ।
बैकका अनुसार अब ग्राहकले आफ्नो अनुकूल समयमा क्यास तथा चेक डिपोजिटर मेसिन मार्फत ग्लोबल आईएमई बैंकमा रहेको खातामा रकम जम्मा गर्न सक्नेछन् ।
काठमाडौं उपत्यकामा कमलादी र न्यूरोड तथा उपत्यका बाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन सञ्चालनमा आएको बैंकले जनाएको छ । बैंकका अनुसार चेक डिपोजिटर मेसिन काठमाडौंमा कमलादी, न्यूरोड, कुलेश्वर तथा बाहिर पोखरा र वीरगञ्ज शाखामा सञ्चालनमा आएको छ ।
बैंकको कमलादी शाखामा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंक सञ्चालक समितिमा अध्यक्ष चन्द्रप्रसाद ढकालले ती मेसिनको उद्घाटन गरे ।
उद्घाटनका अवसरमा अध्यक्ष ढकालले प्रविधिको विकास र आम ग्राहकको आकांक्षा अनुरुप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताए ।