फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

मेलम्ची खानेपानी आयोजनाको हेलम्बु-याङ्ग्री लार्के निर्माणसँगै सुरुङमार्ग बन्ने
काठमाडौं – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालीका -१ अम्बथान देखि पाँचपोखरी गाउँपालीकाको छिम्तीसम्म सुरुङ बनाउन प्रस्ताव गरिएको छ ।
मेलम्ची खानेपानी बिकास समिति बोर्ड सदस्य समेत रहेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट याङरी र याङरीबाट हेलम्बु यातायात आवतजावतको लागि टनेल निमार्ण गर्न प्रस्ताव गरेका हुन् ।
मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कार्यक्रम अन्तर्गत याङरी र लार्केको पानी मेलम्ची सुरुङमै थप गरेर काठमाडौं ल्याउने तयारी छ ।
सोही प्रयोजनका लागी थप ९ किलोमिटर टनेल निर्माण गर्दा हेलम्बुको मुहान देखि याङरी मुहानसम्मको सो ९ किलोमिटरको भागमा खानेपानीको टनेल सँगसँगै हेलम्बुबाट याडरी र याङरीबाट हेलम्बु यातायात आवतजावतको लागि सहजहुने गरी टनेलको डिजाइन गर्न अध्यक्ष शेर्पाको प्रस्ताव छ ।
याङरी र लार्केको पानी राजधानी लैजानका लागी निमार्णहुने टनेलको डिजाइन गर्दा पानी सँगै यातायात आवतजावतका लागी समेत सहजहुनेगरि निर्माण गरिने डिजाइन गर्न उनले आग्रह गरेका हुन् । यातायात सहितको टनेल निमार्ण गरिएमा हेलम्बु र पाँचपोखरी क्षेत्र दुवैतिरको पर्यटन प्रर्वद्धन र विकासमा मा टेवा पुग्ने अपेक्षा लिइएको अध्यक्ष शेर्पाले बताए । दुईवटै पालिकाको छोटो दुरी र वैकल्पिकको रुपमा सो मार्ग प्रयोग गर्न सकिने शेर्पाको भनाई छ ।
यसका लागी प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको र विभिन्न बैठकमा समेत आफुले कुरा उठाएको अध्यक्ष शेर्पाले बताए । “ एडिबिले टनेलको डिजाइन गर्दा यातायात आवतजावत सहितको गर्न पर्छ यसले गर्दा यस भेगको पर्यटन प्रर्वद्धनमा मात्र नभएर विकासमा समेट टेवा पुग्छ ,त्यसको लागी त्यतिधेरै बजेट पनि थप गर्नुपर्दैन यस विषयमा सम्बन्धीत निकाय र सरकारको ध्यानाकषर्ण गराउन चाहान्छु’ अध्यक्ष शेर्पाले भने ।
यो प्रस्तावकालागी पाँचपोखरी थाङपाल गाउँपालीका अध्यक्ष टासी लामासँग पनि सल्लाह भएको र उनको पुर्ण समर्थन रहेको शेर्पा बताउँछन् । यो बिषयमा स्थानिय राजनितिक दल जनप्रतिनिधी समाजसेवी बुद्धिजिवी तथा सरोकारवाला निकायसँग चरण-चरणमा छलफल गरिसकेको र यसलाइ निरन्तर अघी बढाइने शेर्पाको भनाइ छ । शेर्पाको प्रस्तावमा मेलम्ची खानेपानी बिकास समिति पनि सकारात्मक रहेको उनको भनाइ छ ।