स्थानीय तह

काठमाडौं वडा नम्बर १६ को कार्यवाहक अध्यक्षमा महर्जन

Madhyabindu Online


A A- A+

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नम्बर १६ को कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प महर्जनले पाएका छन् ।

सोमबार भएको नगर प्रमुखस्तरीय निर्णयबाट कार्यवाहक अध्यक्षको जिम्मेवारी महर्जनलाई दिइएको हो।

सोमबार नै वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष शिफारिस गर्ने निर्णय भएको थियो। सोहि निर्णयलाई नगर प्रमुख बालेन शाहले अनुमोदन गरेका हुन् ।

सो वडाका अध्यक्ष मुकुन्द रिजालको भदौ २१ गते असामयिक निधन भएपछि अध्यक्ष पद रिक्त भएको थियो।

यसैबीच वडा कार्यालयले सोमबार उनको निधनमा श्रद्धान्जलि सभाको आयोजना गरेको थियो।

छुटाउनु भयो कि ?