स्थानीय तह

मेलम्चीले तयार पार्यो “हाम्रो मेलम्ची हाम्रो पहिचान” नामक मस्थानीय पाठ्यक्रम

Madhyabindu Online


A A- A+

काठमाडौं – राष्ट्रिय तथा स्थानीय पाठ्यक्रम शिक्षण बिधि र मुल्यांकन पद्धति बारे अभिमुखिकरण मेलम्चीमा सम्पन्न भएको छ ।

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र ,रिड नेपालको सहयोग र समन्वयमा मेलम्ची नगरपालिकामा रहेका विद्यालयहरुमा स्थानिय पाठ्यक्रम निमार्ण गरिएको हो ।

स्थानीय स्रोत साधनहरुको पहिचान र प्रबद्र्धन गर्ने उद्धेश्यका साथ स्थानीय पाठ्यक्रम निर्माण समितिले तयार गरेको पाठ्यक्रमको शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको रिड नेपालकी परियोजना संयोजक शोभा सुवेदीले जानकारी दिइन् ।

पाठ्यक्रमले निर्धारण गरेको उद्धेश्य तथा लक्ष्य प्राप्तीका लागि पाठ्यक्रमबारे प्रधानाध्यापक र शिक्षकहरुलाई स्थानीय पाठ्यक्रममा समावेश गरिएका बिषय र क्षेत्रहरुको बारेमा शिक्षण कार्य सहज बनाउने उद्धेश्यका साथ २ दिने अभिमुखिकरण गरिएको सुवेदीले बताइन्।

तालिमको पाठ्यक्रम विकास केन्द्रका विशेषज्ञ युवराज अधिकारी ,रिड नेपालका उपाध्यक्ष डम्बरधोज आङ्दाङ्बेले सहजिकरण गरेका थिए ।

स्थानीय तहले आफ्नो स्थानीय तहको पहिचान हुने गरी छुट्टै पाठ्यक्रम निर्माण गरी बिद्यालयहरुमा लागु गर्न पाउने अधिकार प्राप्त भएपछि मेलम्चीले “हाम्रो मेलम्ची हाम्रो पहिचान” नामक पाठ्यक्रम तयार गरेको हो ।

प्रधानाध्यापक र शिक्षकहरुको लागी २ दिन संचालन भएको कार्यक्रममा स्थानीय पाठ्यक्रम र पाठ्यक्रममा समाबेश गरिएका क्षेत्र, श्रोत साधनको पहिचान, उपयोग, पाठ्यक्रमले निर्धारण गरेका उद्धेश्य, लक्ष्य प्राप्तीका लागि संचालन गरिने शिक्षण सिकाई कृयाकलाप र बिषय बस्तुहरुको ज्ञान सिप हासिलबारे सहजिकरण जानकारी गराइएको थियो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका शिक्षा अधिकृत सुधिनराज बुढाथोकी , वातावरण अधिकृत सुजन दुलाल उपस्थिति रहेको थियो ।

छुटाउनु भयो कि ?