फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

मेलम्ची नगरपालिकाद्धारा बाढीग्रस्त पाँचपोखरी र हेलम्बुलाई १०-१० लाख सहयोग
काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई १० लाख आर्थिक सहयोग गरेको छ ।
गत भदौ १९ गते बसेको नगर कार्यपालिकाको बैठकले बाढी तथा पहिरो प्रभावित छिमेकी दुई हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई १० -१० लाख सहयोग गर्ने निर्णय गरेको थियो ।
सो निर्णय अनुसार मेलम्ची नगर प्रमुख आइतमान तामाङले पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामालाई लाई १० लाख आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका हुन् । छिमेकी पालिकाहरुमा समस्या पर्दा केहि सहयोग पुगोस् भन्ने उद्धेश्यले सहयोग गरिएको नगर प्रमुख आइतमान तामाङले बताए ।
१० लाखको चेक ग्रहण गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले सहयोगको लागी धन्यवाद ब्यक्त गरेका थिए । उनले मेलम्ची नगरपालिका असल छिमेकीको रुपमा प्रस्ततु भएको भन्दै यसले गाउँपालिकालाई ठुलो सहयोग भएको बताए।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा भने व्यस्तता कारण भोलि उपस्थित हुने नगर प्रमुख आइतमान तामाङले जानकारी दिए ।
रकम हस्तान्तरण कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडाध्यक्षहरुः चन्द्रबहादुर तामाङ, अमृत खनाल, राजु रायमाझी, गणेश तामाङ र लेखा अधिकृत मुरारी पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।