समाज

मेलम्चीमा घरमा सुतिरहेकि महिलामाथि अज्ञात समुहद्वारा हतियार प्रहार

Madhyabindu Online


A A- A+

काठमाडौं – मेलम्ची नगरपालिका वडा नम्बर १० निवासी रिता कार्कीमाथी भदौ २२ गते राति अन्दाजि २ बजेको समयमा अपचित व्यक्तीहरुले धारीलो हतियार प्रहार गरि घाईते बनाएको छ ।

घाईते कार्कीको काफ्लेखोला स्थित उनकै घरमा ९ बर्षिय छोरा र एक ५ बर्षिय छोरीसैगै सुतिरहेको अबस्थामा अपरिचित व्यक्ती नीजको घरभित्रै छिरेर कार्कीको टाउकोमा धारिलो हतियार प्रयोग गरि निर्घात कुटपिट सहति घाईते बनाएको प्रत्यक्षदर्शीले बताएका छन् । घाईते कार्कीको श्रीमान रोजगारीकालागि विदेश रहेका छन् ।

धारिलो हतियार प्रयोग गरि टाउकोमा गहिरो चोटपटक लागेको अबस्थामा भेटिएकी कार्कीलाई काठमाडौं स्थित हेल्पिङ ह्यान्ड सामुदायिक अस्पतालमा उपचारर भै रहेको छ ।

सो घटना गर्ने र घटनामा संलग्न व्यक्ती अहिलेसम्म प्रहरी प्रशासनले पत्ता समेत लगाउन नसकेको   स्थानीय बासिन्दा ले बताएका छन् ।

सो घटना भएको चार दिन बितिसक्दा पनि स्थानिय स्तरका जनप्रतिनिधिहरुले कुनै चासो समेत नदिएको र प्रहरीले पनि जुन तबरबाट अनुसन्धान र खोजी कार्य गर्नु पर्ने हो त्यो नगरेकोमा स्थानीय बासिन्दाहरुकाे आराेप छ ।

यस भेगमा रहेका सम्पुर्ण जनता त्रसित अबस्थामा रहेको समेत बताइएको छ । उता इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेन्द्र थापा मगरका अनुसार उक्त घटनाको अनुसन्धान तीव्र बनाइएकाे बताए ।

छुटाउनु भयो कि ?