फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

काठमाडौं महानगरले कुकुर र बिरालोको बन्ध्याकरण अभियान चलाउने
काठमाडौं – काठमाडौं महानगरपालिकाले कुकुर र बिरालोको बन्ध्याकरण गर्ने भएको छ ।
महानगरपालिकाको कार्यपालिका वैठकमा सडकमा कुकुर आतंक सिर्जना भएको भन्दै बारम्बार प्रश्न उठेपछि कुकुर र बिरालोको बन्ध्याकरण अभियानकै रुपमा अघी बढाउने तयारी गरेको हो ।
महानगरका कृषि तथा पशुपन्छि विभागका प्रमुख डा.अवधेश झाका अनुसार कुकुर र बिरालोको भ्याक्सिनेसन र बन्ध्याकरणको लागि इच्छुक फर्महरुलाई १५ दिनभित्र सम्पर्क गर्न महानगरले आग्रह गरेको छ ।
‘अहिले एटा संस्थाले महानगर मार्फत भ्याक्सिनेसन र बन्ध्याकरण गर्दा खासै प्रभावकारी भएको छैन अब हामीले एकैचोटी धेरै फर्म तथा संस्था मार्फत काम गर्दै छौं’, झाले भने ।
महानगरपालिकाले काम गर्न इच्छुक संस्थाहरुलाई कुकुर तथा विरालोको खोप भ्याक्सिनेसन र बन्ध्याकरणको लागि २ हजार ५ सय रुपैयाँ प्रस्ताव गर्न भनेको छ । त्यसैगरी खोप भ्याक्सिनेसनको मात्रैको लागि २ सय रुपैयाँ प्रस्ताव गर्न महानगरको अनुरोध छ ।