राजनीति

रामकुमारी झाँक्रीलाई प्रवास विशेष प्रदेश संयोजकको जिम्मेवारी

Madhyabindu Online


A A- A+

काठमाडौं – नेकपा एकीकृत समाजवादीकी नेत्री एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रवास विशेष प्रदेश संयोजकको जिम्मेवारी पाएकी छिन् ।

नेकपा एसकी पार्टी सचिवसमेत रहेकी झाँक्री यसअघि पार्टीले जिम्मेवारी नतोकेको भन्दै असन्तुष्ट रहँदै आएकी थिइन्।

पार्टीले उनलाई युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको समेत जिम्मेवारी तोकेको छ।

भदौ ५ देखि ७ गतेसम्म ललितपुरमा बसेको पार्टी केन्द्रीय कमिटीको छैटौँ बैठक, भदौ १८ र २२ गते बसेको सचिवालयको ६५औँ र ६६औँ बैठकले गरेका विभिन्न निर्णय सर्कुलर गर्दै एकीकृत समाजवादीले कार्यविभाजनबारे जानकारी गराएको हो।

छुटाउनु भयो कि ?