फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

मलाई के उद्देश्यले दिइयो थाहा छैन, यो जिम्मेवारी म लिन सक्दिनँ ’ – रामकुमारी झाँक्री
काठमाडौं – मन्त्रीबाट हटेपछि पार्टीले जिम्मेवारी नदिएको गुनासो गर्दै आएकी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले प्रवासको जिम्मेवारी पाएकी छिन् । उनले प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा युरोप, अमेरिका र ल्याटिन अमेरिकाको इन्चार्जको जिम्मेवारी पाएकी छिन् ।
पार्टिले प्रवास विशेष प्रदेशको जिम्मेवारि दिएपनि नेतृ झाँक्रीले यो जिम्मेवारी लिन नसक्ने बताएकी छिन् । भाँक्री भन्छिन्, ‘प्रवासमा काम गरिरहनुभएका साथीहरूलाई काम गर्न दिनुपर्छ । श्रीजी (स्थायी कमिटी सदस्य श्रीप्रसाद साह)को कार्यक्षेत्र किन खोसियो, मलाई के उद्देश्यले यो जिम्मेवारी दिइयो थाहा छैन । यो जिम्मेवारी म लिन सक्दिनँ ।’
यसअघि प्रवास संयोजनको जिम्मेवारी स्थायी कमिटी सदस्य श्रीप्रसाद साहले सम्हालेका थिए । साहलाई हाल एसिया, अस्ट्रेलिया र अफ्रिकाको इन्चार्जको जिम्मेवारी दिइएको छ ।
स्रोतका अनुसार महासचिव घनश्याम भुसालले के जिम्मेवारी लिने भनेर झाँक्रीलाई सोधेका थिए । झाँक्रीले पार्टीले मूल्यांकन गरेर जिम्मेवारी देओस् भनेकी थिइन् । तर, भूमिका खुम्च्याउने र युवा नेतृत्वप्रति अविश्वास पैदा हुने गरी जिम्मेवारी तोकिएको भन्दै झाँक्री निराश भएकी छिन् ।
स्रोतका अनुसार झाँक्रीले मोर्चा संगठन वा लुम्बिनी प्रदेशको जिम्मेवारी चाहेकी थिइन् । युवा संघको जिम्मेवारी लिन पनि उनी तयार थिइन् । तर, पार्टीले टेक्ने जमिन नै नदिएको उनको बुझाइ छ ।