फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

सिन्धुपाल्चोकमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको निधन
काठमाडौं – सिन्धुपाल्चोकको बलेफीमा भएको सडक दुर्घटनामा परी नेकपा एमालेनिकट अनेरास्ववियुका दुई जना जिल्ला स्तरीय नेताको निधन भएको छ ।
मेलम्चीबाट सचिवालय बैठकका लागि बाह्रविसे जाने क्रममा बलेफीमा उनीहरू चढेको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
खाडीचौरबाट आएको तेल ट्याङ्करले बाह्रबिसे जादै गरेको बा ०२ ०३१ प ५९७६ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार दुई जनाको निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बासखर्कका समिर तामाङ र मोटरसाइकल पछाडि बस्ने मेलम्ची नगरपालिका–११ का नवीन पाण्डेको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सूचना अधिकारी सञ्जीवकुमार यादवले जानकारी दिए ।
ठक्कर दिने ट्यांकर र चालक मकवानपुर थाहा नगरपालिका–१२ का भीमबहादुर तितुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।