फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

७५३ वटै स्थानीय तहमा संविधान दिवस मनाउन कांग्रेसको परिपत्र
काठमाडौं – नेपाली कांग्रेसले ७५३ वटै स्थानीय तहमा संविधान दिवस विशेष कार्यक्रम गर्न मातहतका निकायहरूलाई पत्राचार गरेको छ।
कांग्रेसले २ असोजमा पार्टीका सर्वोच्च नेता एवम् लौहपुरुष गणेशमान सिंहको २६ औँ स्मृति दिवस र ३ असोजमा संविधान दिवन मनाउन मातहतका निकायहरूलाई परिपत्र गरेको हो।
पार्टीको साउन पहिलो साता बसेको केन्द्रीय कार्यसमितिले पार्टीको एक वर्षे कार्यतालिका पास गरेको थियो। सो कार्यतालिकामा उल्लेख भएबमोजिम कार्यक्रमहरू सम्पन्न गर्न तल्ला तहलाई परिपत्र गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
‘२ असोजमा सर्वोच्च नेता एवम् लौहपुरुष गणेशमान सिंहको २६ औँ स्मृति दिवस र ३ असोजमा संविधान दिवस मनाउने कार्यक्रम छ,’ उनले भने, ‘गणेशमान सिंह स्मृति दिवसमा जिल्लास्तरमा ‘गणेशमान सिंह र समावेशी नेपालको परिकल्पना’ विषयमा गोष्ठी आयोजना गर्न भनिएको छ, संविधान दिवसमा स्थानीय तहस्तरीय पार्टीका कार्यसमितिहरूलाई गतिविधि गर्न भनिएको छ ।’
संविधान दिवसका सन्दर्भमा स्थानीय तहस्तरीय कार्यसमितिले संगीत, कला, साहित्यिकसहितको विविधयायुक्त सांस्कृतिक कार्यक्रम वा शिक्षण संस्थामा प्रजातन्त्र र संविधान विषयमा प्रवचन वा वक्तृत्वकला आयोजना गर्न कांग्रेसले परिपत्र गरेको छ ।