राजनीति

शान्ति प्रक्रिया सफल भइसके पनि औपचारिक रुपमा घोषणा हुन बाँकि छ – सापकोटा

Madhyabindu Online


A A- A+

काठमाडौं – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुको विकल्प नरहेको बताएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कुरामा विदेशी निकायहरूको सहयोग माग्ने कुरा पहिलो प्राथमिकतामा रहेको प्रस्ट पारेका हुन्।

शान्ति प्रक्रिया सफल भइसके पनि औपचारिक रुपमा घोषणा हुन बाँकि रहेको बताउँदै सापकोटाले भने ‘शान्ति प्रक्रिया त सफल भइसक्यो। शान्ति प्रक्रिया सुरु भइसकेपछि चारवटा निर्वाचन भइसके, यो धेरै ठूलो सफलता हो। तर, फेरि यति ठूलो सफलता हुँदाहुँदै पनि सेना समायोजन भइसक्यो, अरू काम भइसके। तर, पनि यसलाई निष्कर्षमा पुर्‍याएर एक प्रकारले घोषणा गर्न बाँकी छ।’

प्रवक्ता सापकोटाले शान्ति प्रक्रिया १८ वर्ष लागिसक्दा पनि निष्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको बताउँदै उनले भने, ‘यो त ६२ देखि ८० सम्म १८ वर्ष लागिसक्दा पनि निस्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय रूपमा कमजोरी हो। त्यसैले, यसलाई हरहालतमा टुंग्याउनुपर्छ भनेर यसलाई १ नम्बरमा राखेर काम गरेका छौँ। प्रधानमन्त्रीज्यूले सबैभन्दा धेरै समय यसमै खर्च गर्नुभएको छ।’

छुटाउनु भयो कि ?