फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

‘अझै २० वर्ष राजनीतिमा सक्रिय रहन्छु’ – ओली
काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले आफू अझै २० वर्ष राजनीतिमा सक्रिय रहने बताएका छन् । भक्तपुरमा शनिवार काठमाडौँमा भएको बा सँग बालबालिका कार्यक्रममा बोल्दै ओलीले पहिला बिरामी भए पनि हाल कुनै समस्या नभएको बताए ।
पार्टी नेतृत्वको विषयमा भने ओलीले आफू लचक रहेको दाबी गरेका छन् । राजनीतिमा सक्रिय रहँदै नेतृत्व हस्तान्तरण गर्ने र नेतृत्व गर्नेलाई सहयोग गर्ने ओलीको भनाइ छ । ‘पहिला म बिरामी थिएँ, धेरैपटक अप्रेसन गर्नुपर्यो । दुईपटक किड्नी ट्रान्सप्लान्ट गर्नुपर्यो । अहिले किड्नीले धेरै राम्ररी काम गरिरहेको छ । कुनै प्रकारको समस्या छैन,’ ओलीले भने ।
ओलीले अगाडी भने ‘अर्को कुरा अहिले पनि मेरो बुबा मजत्तिकै तगडा हुनुहुन्छ । मेरो बुबा नै त्यति तगडा हुनुहुन्छ भने २० वर्ष त मैले सक्रिय रहने विचार गरेको हुँ । तर, २० वर्ष सक्रिय रहनुको अर्थ म २० वर्षै, देशको नेतृत्व गर्छु, पार्टीको नेतृत्व गर्छु भनेको होइन । नेतृत्व गर्नेहरूलाई सहयोग गर्छु, सक्रिय रहेर ।’
उनले बाँचुन्जेल पद नछोड्न प्रवृत्तिलाई आफूले तोड्ने पनि सुनाए । ‘मान्छे बाचुन्जेलसम्म पद छाड्न नखोज्ने प्रवृत्ति छ । पदमै टाँसिन खोज्ने, आवश्यक्ता होस् कि नहोस्, काम गर्न सकोस् कि नसकोस्, स्मरण शक्ति होस् कि नहोस्, बोल्न सकोस् कि नसकोस्, तर पनि पदमा बसिरहन चाहने प्रवृत्ति छ । त्यो प्रवृत्तिलाई मैले सचेतनापूर्वक तोड्न चाहन्छु,’ उनले भने । उनले आफू सक्रिय रहँदारहँदै कार्यभार सुम्पिएर देश चलाउनका लागि सहयोग गर्ने बताए ।
उनले एक फरक प्रशंगमा भने– ‘सबै भौतिक सुविधा भए पनि शिक्षकको गुणस्तर राम्रो छैन भने राम्रो पढाई हुन सक्दैन । शिक्षित र तालिमप्राप्त शिक्षक हुनुपर्छ । हाम्रोमा के छ, राम्रा विद्यार्थीहरू डाक्टर पढ्न जाने, इन्जिनियरिङ पढ्न जाने अनि केही भएन भने शिक्षकतिर जाने शिक्षाशास्त्र लिने अवस्था छ । शिक्षा विषय किन लिने भन्दा हेलाँ गरेर लिने विषय हैन । ९० प्रतिशत भन्दा बढी नम्बर नल्याउनेलाई शिक्षा शास्त्र पढ्नै दिनुहुँदैन । नाइन्टी ओभर पर्सेन्टेज नल्याउनेले के शिक्षक भएर काम गर्छ त ?’
सो कार्यक्रम काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको छोरी स्विकृति शर्माले संयवजन गरेकी थिइन् ।