फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

‘कांग्रेस–एमाले मिलेर सरकार बनाउने कुनै सम्भावना छैन’ – निधि
काठमाडौं – नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद बिमलेन्द्र निधिले कांग्रेस–एमाले मिलेर सरकार बनाउने कुनै सम्भावना नभएको बताएका छन् ।
नेपाल प्रेस युनियनले आइतबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसका नेता निधिले कांग्रेस–एमाले मिलेर सरकार बनाउने कुरा गलत भएको बताएका हुन् ।
दाहाल समाजवादी मोर्चा बनाएर सक्रिय भएको र कांग्रेस–एमाले मिलेर सरकार बनाउने अड्कलबारे सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा कांग्रेस नेता निधिले भने, ‘कांग्रेस–एमाले मिलेर सरकार बनाउने कुरा गलत हो । कुनै सम्भावना छैन ।’ उनले नेपालमा राजनीति स्थिरता पेचिलो देखिएको पनि संकेत गरे । ‘संसद् र सरकार दुवैमा राजनीति स्थिरता हुनुपर्छ,’ निधिले भने, ‘त्यो देखिँदैन । हाम्रो मान्यता संसद् पूर्ण अवधिसम्म चल्नुपर्छ भन्ने हो । यसलाई नै राजनीति स्थिरता भनिन्छ ।’
नेता निधिले गठबन्धन सरकारमा समस्या रहेको पनि बताएका छन् । नेता निधिले गठबन्धनमा पनि सरकार ढल्ने सम्भावना नरहेको बताएका छन् । उनका अनुसार सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालपछि नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने पूर्वसहमतिमा गठबन्धन दल अडिग रहनुपर्छ ।
कांग्रेस नेता निधिले असोज ८ गते राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुर भ्रमण गर्ने समेत जानकारी दिए । ‘राष्ट्रपतिज्यूसित मेरो कुराकानी भएको छ । उहाँ असोज ८ गते जनकपुर आउनुहुनेछ,’ निधिले भने, ‘जनकपुरमा राष्ट्रपतिज्यूले जानकी मन्दिरको दर्शन र उपमहानगरपालिकाको तर्फबाट नागरिक अभिनन्दन गरिनेछ ।’
नागरिकता विधयेक प्रमाणीकरण गरेलगत्तै राष्ट्रपति पौडेलको जनकपुरको भ्रमण तय गरिएको थियो । तर, त्यतिबेला जनकपुरमा अत्यधिक गर्मी भएकाले उनको भ्रमण रोकिएको बताइएको थियो ।