समाज

समाजसेवी पौडेलद्वारा शैक्षिक सामग्री र अत्यावश्यक पोशाक वितरण

Madhyabindu Online


A A- A+

काठमाडौं – मकवानपुरस्थित एक सामुदायिक विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री र अत्यावश्यक पोशाक वितरण गरिएको छ ।

मकवानपुरको भावना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सोहि विद्यालयका पूर्व विद्यार्थी समाजसेवी प्रदीप पौडेलले शैक्षिक सामग्री र विद्यालय पोशाक बितरण गरेका हुन् ।

हाल काठमाडौंमा बस्दै आएका सहयोगी मनका धनि पौडेलले उक्त विद्यालयमा अध्ययनरत ८२ जना विद्यार्थीलाई शुक्रबार थ्री पिस ट्याकसुट वितरण गरेका हुन् । विद्यालयको ३४ औं वार्षिकोत्सव तथा बालदिवसको अवसर पारेर पौडेलले १ लाखभन्दा बढीको विद्यालय पोशाक वितरण गरेको आयोजकले बताएका छन् ।

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा पर्ने भावना आधारभूत विद्यालयमा अध्ययनरत आर्थिक अवस्था न्यून भएका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरिएको पौडेलले बताए । उनले आगामी दिनमा आफूले पनि विद्यालय र विद्यार्थीका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

विद्यालयमा आयोजित विशेष कार्यक्रममा २०४८ देखि २०७३ सम्म अध्यापन गराउने शिक्षिका सुमित्रा भण्डारीलाई पुरस्कारसहित सम्मान गरिएको थियो ।

उक्त विद्यालयकी प्रधानाध्यापक रुपा रिजाल श्रेष्ठले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक बितरण गरेर शैक्षिक उन्नयनमा सहयोग गरेको भन्दै पौडेललाई विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गरेकी थिइन् ।

छुटाउनु भयो कि ?