फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

हामीलाई सत्ता गठबन्धबाट निकाल्ने षड्यन्त्र भइरहेको छ – नेपाल
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।
मबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले एकीकृत समाजवादीले होसियार भएर अगाडि बढ्न नेताहरूलाई आग्रह समेत गरेका थिए ।
वर्तमान सत्तारुढ गठबन्धन बनाउन आफूहरूले नै भूमिका खेलेको भन्दै जोगाउन पनि लाग्नुपर्ने उनको भनाइ थियो । ‘आज गठबन्धनलाई धारे हात लगाएर यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ, त्यसबाट होसियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु । गठबन्धन बनाउने काममा भूमिका हामीले नै खेलेको हो । अहिले पनि हामीले भूमिका खेलेको हो । हामी कसैले तानेर गएको होइन । हामीले तानेर ल्याएको हो । यो कुराप्रति गौरवबोध गर्नुपर्छ,’ उनले भने ।
उनले गठबन्धनलाई जोगाउने, बढाउने काममा भूमिका खेल्नुपर्ने तर कमजोरी भएका छन् भने आलोचना गर्न सकिने उल्लेख गरे । ‘बेठिक भए त्यसको पनि आलोचना गर्न सकिन्छ । आलोचना गर्नु भनेको कमजोरीलाई सुधार गर्नका लागि हो, मिलेर अघि बढ्नका लागि हो ।’ उनले भने ।
‘व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित नभएको भए नेपालको हात तल पर्थ्यो । नेपालको कानुन नतमस्तक हुनुपर्थ्यो । हामी आफ्नो अडान अगाडि सार्न सक्ने हैसियतमा हुने थिएनौँ,’ उनले भने, ‘हाम्रै पार्टीको पहलकमदीमा व्याख्यात्मक टिप्पणी ल्याएर देशको स्वाभिमानको रक्षा गरेका छौँ । असंलग्न परराष्ट्र नीतिको रक्षा गरेका छौँ ।’