फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

शेखरले बोलाए कांग्रेस संस्थापन इतर समूहको बैठक
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रिय समिति बैठकको पुर्व सन्ध्यामा नेता डा.शेखर कोइरालाले संस्थापनइतर समूहको बैठक डाकेका छन्।
संस्थापनइतर समूहको बैठक कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको हो ।
पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका कोइरालाले उक्त महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य तथा उम्मेदवार बनेकाहरूलाई बैठकमा बोलाएका हुन्।
नेता कोइरालाले यसपटकको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र देउवा समुहबाट महामन्त्रीमा पराजित उम्मेदवार प्रदीप पौडेललाई पनि बोलाएका छन् ।
शर्मा र पौडेल २०७९ पुस ६ गते भएको कांग्रेस संसदीय दलको निर्वाचनमा भने इतर समूहबाट महामन्त्री निर्वाचित गगन थापाको पक्षमा खुलेका थिए। त्यसयता उनीहरू इतर समूहको विभिन्न गतिविधिमा अप्रत्यक्ष सहभागी हुँदै आएका छन्।
केन्द्रीय समितिमा इतर समूह कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न छलफल डाकेको बताइएको छ। कोइराला १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने गरी रणनीति बनाइरहेका छन्।