स्थानीय तह

गठबन्धनका कारण कामै गर्न सकिएन – अध्यक्ष उपाध्याय

Madhyabindu Online


A A- A+

काठमाडौं – सुदुरपश्चिम प्रदेशका एक गाउँपालिका अध्यक्षले आफु गठबन्धनबाट निर्वाचित भएका कारण सोचेजस्तो काम गर्न नसकेको बताएका छन् ।

सोमबार एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिने क्रममा कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले यस्तो बताएका हुन् ।

गठबन्धनका माध्यमबाट निर्वाचन जितेपनि जनप्रतिनिधीहरु अहिले आ-आफ्नै पार्टिको निर्देशनमा चल्न थालेपछी अफ्ट्यारो स्थिति सिर्जना भएको उनको भनाइ थियो । स्थानियको जन जिविकाको सवाल भन्दापनि दलगत स्वार्थमा जनप्रतिनिधि रुमलिएर बसेका कारण कार्यपालीकाको बैठक समेत बस्न नसकेको उनको गुनासो थियो ।

कैलाली भनेकै धनगढी मात्रै हो भन्ने मानसिकताले यस अघिका नेताहरु ग्रसित भएका कारणले मोहन्याल गाउँपालिकामा अनेक अवसरहरु हुँदाहुँदै पनि विकासमा पछी परेको उनको भनाइ थियो ।

बाटो, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइ लगायताका नागरिकका अत्यावश्यक आवश्यकता पुरा गर्न आफु लागीपरेको बताउँदै उनले भने नागरिकलाई उत्पादन सँग नजोडिकन सम्वृद्धीको सपना देख्नु भुल हो ।

 

छुटाउनु भयो कि ?