मुख्य खबर​

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्छौं – प्रधानमन्त्री

Madhyabindu Online फाइल फोटो


A A- A+

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका छन्।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन आइतबार न्युयोर्क आएका प्रधानमन्त्री दाहालले पत्रकारहरूसँगको भेटमा यस्तो बताएका हुन् ।

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने बताए ।

प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेसेससँग भेटवार्ता गरेका छन् । महासभालाई सम्बाेधन गर्नुअघि प्रधानमन्त्री दाहालले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालले सेप्टेम्बर २१ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

छुटाउनु भयो कि ?