मुख्य खबर​

विराटनगरका यी स्थानमा दुई महिनासम्म विरोध प्रदर्शन गर्न रोक

Madhyabindu Online


A A- A+

काठमाडौं – जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकाका केही स्थानमा विरोध, जुलुस एवं धर्ना जस्ता कार्यक्रम रोक्नका लागि आजदेखि आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवद्वारा हस्ताक्षरित हिजो साँझ जारी गरिएको सूचनामा जिल्ला सुरक्षा समिति मोरङको निर्णयानुसार नगरमा शान्ति सुरक्षा कायम राख्न एवं सुरक्षा जोखिमलाई ध्यानमा राखी सो निर्णय गरेको जनाइएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम ती क्षेत्र निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी गराइएको छ । निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवातजावत रोक नभएको सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुस सुचना –

छुटाउनु भयो कि ?