फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

राजेन्द्र राइलाई मुख्यमन्त्री बन्न शेरधन राइको प्रस्ताव
काठमाडौं – कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीद्वय शेरधन राइले राजेन्द्रलाई पुन: कोशी प्रदेशको मुख्यमन्त्री बन्न प्रस्ताव गरेका छन्।
उनले कोशी प्रदेशको हिक्मत कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिएर आलोपालोमा मुख्यमन्त्री बन्न राजेन्द्रलाई प्रस्ताव गरेका थिए।
आइतबार राती एमाले स्थायी कमिटी सदस्य र एकीकृत समाजवादीका सचिव बीच धरान उपमहानगरपालिका-१५ स्थित धरान किचन होटलमा भेट भएको हो।एमाले विभाजन दुई नेताको यो पहिलो भेट हो।
सर्वोच्च अदालतले गठबन्धनका मुख्यमन्त्री उद्धव थापालाई हटाएर एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन आदेश दिएपछि शेरधनले विश्वासको मत लिनका लागि राजेन्द्रलाई भेटेको स्रोतको भनाई छ।
शेरधनले कोशी प्रदेशमा मध्यावधि निर्वाचनमा जाँदा अस्थिरता आउने भन्दै आलोपालोमा मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको राजेन्द्रले बताएका छन्। उनीहरुले भोजपुरको विकासका विषयमा पनि छलफल गरेको बताए।
राजेन्द्रले अहिले एमालेविरुद्ध गठबन्धनमा आबद्ध दलहरु एक भएकाले कार्की नेतृत्वको सरकारलाइ समर्थन जनाउन नसकिने जवाफ दिएका थिए।