फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

स्रोत साधन सम्पन्न स्थानिय तहबिना मुलुकको समृद्धि सम्भव छैन – अध्यक्ष तामाङ
काठमाडौं – ओखलढुङ्गाको सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङले स्रोत साधन सम्पन्न स्थानिय तहबिना मुलुकको समृद्धि सम्भव नभएको बताएका छन् ।सोमबार एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिने क्रममा गाउँपालिका अध्यक्ष तामाङले यस्तो बताएका हुन् ।
शिक्षा स्वास्थ्य रोजगारी जस्ता यावत समस्याहरु केहि हदसम्म स्थानिय तहमै न्युनिकरण गर्न सकिने बताउँदै अध्यक्ष तामाङले त्यसकालागी आवश्यक स्रोतको पर्याप्तता नभएको उनले बताए । सिमित स्रोतको परिधिभित्र रहेर पनि आफु सुनकोशीका नागरिकको समृद्धिका लागी अनवरत लागी रहेको बताए ।
उत्पादनयोग्य जमिन बाँझो राखेर शिक्षा र स्वास्थ्यको लागी स्थानियहरु शहरतिर पलायन भएको देख्दा दुख लागेको बताउँदै अध्यक्ष तामाङले त्यसलाई रोक्न मात्र नभइ गाउँ झर्काउने योजनामा आफु लागेको उनले बताए ।
बिशेषगरी कृषि क्षेत्रको समस्यालाई उचित सम्बोधन गर्न सके नागरिकलाई उत्पादनका साथै आय आर्जनमा प्रत्यक्ष रुपमा जोड्न सकिने उनले बताए । उचित स्वास्थ्य सेवा स्थानिय स्तरमै दिने उद्देश्यले स्थानिय तहमा मुलुककै दोस्रो ठुलो पाँच सय सैय्याको अस्पताल निर्माण भइरहेको अध्यक्ष तामाङले बताए ।
बाटो, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइ लगायताका नागरिकका अत्यावश्यक आवश्यकता पुरा गर्न आफु लागीपरेको बताउँदै नागरिकलाई उत्पादन सँग नजोडिकन देखेको सम्वृद्धीको सपना पुरा नहुने उनको भनाइ थियो ।