समाज

रक्सीले मातेर घर आएका छाेराले गरे बुबाकाे हत्या

Madhyabindu Online


A A- A+

काठमाडौं – कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ बोडगाउँमा छोराले बुबाको हत्या गरेका छन् ।

सोमबार साँझ मादक पदार्थ सेवन गरी घर आएका अन्दाजी २५ वर्षका छोरा लुरे भनिने भुवन दर्जीले ६२ वर्षीय बुबा बलबहादुर दर्जीलाई दाउराले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

बुबाछाेराबीच यसअघी पनि पटकपटक झगडा हुने गरेको स्थानियहरु बताउँछन् । दाउरा प्रहारबाट गम्भीर घाइते भएका बलबहादुरलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

हत्या अभियाेगमा भुवनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेकाे प्रहरिले जनाएको छ ।

छुटाउनु भयो कि ?