फेवताल अतिक्रमण, कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्ट भत्काउन सर्वोच्चको आदेश

विद्यालय बन्द गरेर आन्दोलन गर्ने शिक्षकहरुको तयारी
काठमाडौं – नेपाल शिक्षक महासंघले विद्यालयहरु बन्द गरेर आन्दोलनमा आउन शिक्षकहरुलाई आह्वान गरेको छ।
शिक्षक महासंघले बागमती प्रदेशका सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षक तथा प्रधानाध्यापकहरुलाई विद्यालय बन्द गरेरै आन्दोलनमा सहभागी हुन आह्वान गरेको हो।
विद्यालय शिक्षा ऐनविरुद्ध आन्दोलन घोषणा गरेको महासंघले यहि असोज ३ गतेदेखि देशैभरका विद्यालय बन्द गरेर सडक आन्दोलनको तयारी गरेको छ ।
विद्यालय शिक्षा ऐन २०८० नेपालको सार्वजनिक शिक्षालाई थप धरासयी बनाउने, आम शिक्षक तथा विद्यालय कर्मचारीहरुको पेसागत हकहित विपरीत रहेको भन्दै संघले आन्दोनलमा सहभागी हुन भनेको छ।
महासंघले असोज ३ गतेदेखि हुने आन्दोलनलाई निर्णायक आन्दोलन भनेर घोषणा गरेको छ। जसअन्तर्गत काठमाडौंको माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरिने जनाइएको छ। माग पूरा नभएमा असोज ४ गतेदेखि विद्यालय बन्द गरेरै आन्दोलनमा होमिने महासंघका पदाधिकारीहरुले जनाएका छन्।