मुख्य खबर​

कांग्रेसको बीपी साहित्य महोत्सवको समापन बुधबार

Madhyabindu Online


A A- A+

काठमाडौं – नेपाली कांग्रेसको बीपी साहित्य महोत्सव अन्तर्गत स्थागित तेस्रो दिनको कार्यक्रम असोज ३ गते (भोलि)का लागि तय भएको छ ।

गत भाद्र २४ २५ र २६ गते आयोजना गरिएको संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनपछि २६ भदौको तेस्रो तथा अन्तिम दिनको कार्यक्रम स्थगित गरिएको थियो ।

सोही रोकिएको कार्यक्रम भोलि बुधबार हुने कार्यक्रम आयोजक समितिका संयोजक एवं सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

अन्तिम दिनको कार्यक्रममा कोइराला परिवारका डा. शशांक, शेखर र सुजाता एउटै कार्यक्रममा सहभागी हुँदैछन् ।

छुटाउनु भयो कि ?