शिक्षा

सिन्धुपाल्चोकका गोपाल लामा राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित

Madhyabindu Online


A A- A+

काठमाडौं –  सिन्धुपाल्चोक हेलम्बुका गोपाल लामा राष्ट्रिय शिक्षा दिवस, २०८० को अवसरमा पुरस्कृत भएका छन् ।

‘समावेशी र सीपमुलक शिक्षा, स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने मूल नाराका साथ मनाइने शिक्षा दिवस २०८० को अवसरमा देशभरबाट १६७ जना सम्मानित हुँदा सिन्धुपाल्चोकबाट लामा पनि सम्मानित भएका हुन् ।

हेलम्बु २, शेर्माथाङमा रहेको याङ्ग्रीमा बोर्डिङ स्कुलका संस्थापक लामाले सो बोर्डिङमा गरेको योगदानका आधारमा उनलाई सो सम्मान प्रदान गरिएको हो ।

लामाले हेलम्बुको उर्यटकियस्थल शेर्माथाङमा रहेको सो बोर्डिङमा निशुल्क रुपमा उच्च मावि तहमा होटल म्यानेजमेन्ट र पर्यटन विषयमा अध्यापन गराइरहेका छन् । सोहि कारण लामा निजी लगानीका विद्यालयका शिक्षक, कर्मचारी तथा संस्थापक तर्फबाट उक्त पुरस्कारका लागि छनौट भएका हुन् ।

साथै लामाले सञ्चालन गरेको जस्ट नेपाल फाउण्डेसनले समेत हेलम्बु गाउँपालिकामा शिक्षा परियोजना सञ्चालन गरिरहेको छ । उक्त परियोजनाले गाउँपालिकाभित्र विद्यालय उमेरका बालबालिकालाई विद्यालय भर्ना गर्न अभिभावक तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको क्षमता वृद्धि गराइरहेको छ ।

छुटाउनु भयो कि ?