कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

सुर्खेत जाँदै गरेको ‘नाइट’ बस दुर्घटना हुँदा २५ बढी यात्रु घाइते
काठमाडौं – दाङमा यात्रुबहाक रात्री बस दुर्घटना हुँदा २५ जना भन्दा बढि यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख०३६२ नम्बरको को यात्रु बाहक बिहान ६ बजेतिर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ ।
पुर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ शिवखोलामा बस दुर्घटनामा परि घाइते भएका यात्रुहरुको उपचारका लागि लमही अस्पताल पठाउने थालिएको छ ।
‘कल्भर्टमा ठोक्किएर १५ मिटर तल खसेको छ। घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ,’ उनले भने।
दुर्घटना भएको बसमा ४५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।