मुख्य खबर​

माधव नेपाल र बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण के हो ? – सर्वोच्च

Madhyabindu Online


A A- A+

काठमाडौं – सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाउनुको कारण माग गरेको  छ।

मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासले ललिता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउनुको कारण सरकारलाई सोधेको हो।

सोही प्रकरणमा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध सरकारले मु्द्दा नचलाएपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले शक्ति र राजनीतिक पहुँचका आधारमा उनीहरूलाई छोडेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शर्माले मुद्दा चलाउनुको कारणसहित १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाल र भट्टराईविरुद्ध मु्द्दा नचलेपछि चौतर्फी विरोध भएको थियो। त्यसपछि ललिता निवास प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल र भट्टराईसँग सोधपुछ मात्रै गरेको थियो।

विसं २०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको बालुवाटारस्थित ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो।

छुटाउनु भयो कि ?