कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

चिकित्सक आक्रमणमा संलग्नलाई मुद्दा चलाउन गृहको निर्देशन
काठमाडौं – गृह मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङको लमजुङ अस्पताल लगायत शिक्षणसंस्थामा चिकित्सकमाथि आक्रमण र तोडफोड गर्नेलाई मुद्दा चलाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको छ ।
चिकित्सकहरू आन्दोलित भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाहरुको बैठक बोलाएका थिए ।
बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन–२०६६ बमोजिम कारबाही अघि बढाउन निर्देशन दिएको गृह मन्त्रालय स्रोतले जनायो ।
चिकित्सकमाथि आक्रमण र तोडफोडमा संलग्नहरूमाथि उक्त ऐनको व्यवस्थाअनुसार मुद्दा चलाएर कारबाही गर्न निर्देशन दिने निर्णय गरिएको हो ।
‘स्वास्थ्य मन्त्रालयले गुनासो, उजुरी गर्ने सम्बन्धी जानकारी सूचनापाटीमा राख्न देशभरका अस्पताललाई परिपत्र गर्ने निर्णय भएको छ,’ गृहमन्त्रालयका एक अधिकारीले भने, ‘कानुन उल्लंघन गर्नेलाई मुद्दा चलाउन जिल्ला प्रशासन र प्रहरीलाई निर्देशन दिने निर्णय पनि भएको छ ।’
बैठकमा मेडिकल काउन्सिल, एसोसिएसन, नर्सिङ काउन्सिल, चिकित्सक संघ, अस्पतालका डाक्टर, मेडिकल आबद्ध सरोकारवालाहरु उपस्थित थिए ।