हलिउड-बलिउड

अभिनेता अनमाेल केसी पक्राउ

Madhyabindu Online


A A- A+

काठमाडौं – चर्चित अभिनेता अनमोल केसी ठगी आरोपमा भक्तपुरको साँगाबाट पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अभिनेता केसीलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको हो। कार्यालय प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले केसी पक्राउ परेको पुष्टि गरे।

फिल्म सम्झौता गरेर नखेलेको भन्दै उनीविरुद्ध ‘रावायण’का निर्माता सुप्रिया कटुवालले प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा अभिनेता केसीलाई पक्राउ गरिएको एसएसपी राठौरले बताए।

उनका अनुसार केसीसहित चलचित्रका अन्य कलाकारसमेतले निर्माताहरूबाट एक करोड १५ लाख रुपैयाँ लिएको पाइएको छ । उनीहरूका विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

उक्त फिल्म सुदर्शन थापाले निर्देशन गर्दै थिए।

छुटाउनु भयो कि ?