समाज

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यू. १३ घाइते

Madhyabindu Online


A A- A+

काठमाडौं – सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ भने अन्य १३ जना घाइते भएका छन् ।

जीप दुर्घटनामा शारदा–१२ तिमिलेकी ७६ वर्षीया धुर्बी बाेहरा र शारदा–१५ बरलाकी ४५ वर्षीया मुना सेजवालकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

प्रहरीका अनुसार शुक्रवार छत्रेश्वरी गाउँपालिका–५ लेखपाेखरबाट शारदा नगरपालिका–१२ कागखाेला जाँदै गरेकाे लु १ ज १८६१ नम्बरकाे जीप छत्रेश्वरी–५ तिर्पाेलेमा दुर्घटना भएकाे हाे ।

घाइतेहरूलाई उपचारका लागि श्रीनगर पठाइएकाे प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

छुटाउनु भयो कि ?