कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

एमाले वागमती अधिवेशनमा मतदान सम्पन्न, ११ सय ३५ मत खस्यो
काठमाडौं – नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा एक हजार १ हजार १ सय ३५ मत खसेको छ। कुल मतदाता एक हजार १६८ जनामध्ये ३३ जना अनुपस्थित भएका छन्।
मतदानको परिणाम शुक्रबार १० बजेभित्र आइसक्ने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बताए।
पहिलो वागमती प्रदेश अधिवेशनमा अध्यक्षका लागि केन्द्रीय सदस्यहरु कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल प्रतिस्पर्धामा रहेका छन् ।
त्यसैगरी उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावादोर्जे लामा, नारायण खतिवडा र सुभाषचन्द्र ठकुरी प्रतिस्पर्धामा रहेका छन् । सचिवमा ललितपुरका नवराज सिलवाल र सिन्धुपाल्चोकका हस्त पण्डित प्रतिस्पर्धामा छन् ।
पदाधिकारी र सदस्य गरी २ सय ४० सदस्यीय कमिटीमा ७९ पदका लागि २ सय ९० जना प्रतिस्पर्धामा छन् । विद्युतीय भोटिङ मेसिनको प्रयोगबाट गरिएको मतदानमा परिणाम भने केही घण्टाभित्र आउने नेताहरुले बताएका छन् ।