राजनीति

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी, सचिवमा १ मतले सिलवाल विजयी

Madhyabindu Online


A A- A+

काठमाडौं – नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कृष्ण दहाललाई पराजित गर्दै ढुंगेल प्रदेश कमिटी अध्यक्षमा विजयी भएका हुन् ।

शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६९६ मत प्राप्त गरी ढुंगेल पहिलो अधिवेशनका निर्वाचित अध्यक्ष बनेका हुन् । उनका निकटम प्रतिस्पर्धी दाहालले ४३९ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा दावादोर्जे लामा विजयी भए । लामाले ६१५ मत प्राप्त गरे।

यसैगरी बागमती प्रदेश सचिव पदमा नवराज सिलवाल विजयी भएका छन् । सिलवालले ५६८ मत पाउँदा अर्का उम्मेदवार हस्त पण्डितले ५६७ मत पाएका छन् ।

यस्तै उपसचिवमा प्रेम कुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६ मत लिएर विजयी भएका छन् ।

छुटाउनु भयो कि ?