मुख्य खबर​

शम्भुनाथ नगरका मेयर गुप्ता भ्रष्टाचारी ठहर

Madhyabindu Online


A A- A+

काठमाडौं – विशेष अदालतले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गर्दै सजाय सुनाएको छ । शुक्रबार बसेको इजलासले उनीसहित इन्जिनियर रामचन्द्र साहलाई कैद तथा जरिवानाको फैसला गरेको हो ।

विशेषका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार उनीहरूलाई जनही ६–६ महिना कैद र ७०–७० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासबाट यस्तो फैसला भएको हो ।

१७ फागुन ०७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर गुप्ता र इन्जिनियर साहलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो । उनीहरू दुवैले मिलेमतोमा सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घुस लिएको दाबी अभियोगपत्रमा थियो ।

साहलाई आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले ३ माघ ०७९ मा घुस रकमसहित नियन्त्रणमा लिएको थियो । विद्यालयको सभाहल निर्माणका क्रममा अन्तिम बिल भुक्तानीका लागि सेवाग्राहीसँग उक्त रकम इन्जिनियर साहले घुस मागेका थिए ।

छुटाउनु भयो कि ?