कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

चिनियाँ पूर्वप्रधानमन्त्री खछ्याङको निधन
काठमाडौँ – चिनियाँ पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । उनको शुक्रबार बिहान सांघाइमा हृदयाघातका कारण निधन भएको सीएनएनले जनाएको छ ।
गत वर्षको अन्तिमसम्म उनी चीनियाँ कम्युनिष्ट पार्टीको दोस्रो वरीयताका नेताका रुपमा गनिन्थे ।
६८ वर्षका खछ्याङ सन् २०१३ देखि गत मार्चसम्म दुई पटक गरी १० वर्ष प्रधानमन्त्री भएका उनले चिनियाँ अर्थतन्त्रलाई निकै नै माथि पुर्याएका थिए ।
उनले रोजगारी अभिवृद्धि र आर्थिक स्थायित्व कायम गर्ने प्रयासलाई समर्थन गरेका थिए । यसै कारण पनि उनलाई खुला अर्थतन्त्रका पर्यायका रुपमा लिइन्थ्यो ।