समाज

सर्लाहीमा कोदालो प्रहार गरी बुवाको हत्या गर्ने पक्राउ

Madhyabindu Online


A A- A+

काठमाडौं – सर्लाहीमा छोराले कोदालो प्रहार गरी ८१ बर्षिय बुबाको हत्या गरेको छ ।

हरिवन नगरपालिका ३ डाबरीमा अन्दाजी वर्ष ३५ का छोरा गोकर्ण मैनालीले अन्दाजी वर्ष ८१ का बुवा ओम प्रसाद मैनालीको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता दीपेन्द्र पंजियार थारुका अनुसार गत बुधबार राति ८ बजेको समयमा छोरा गोकर्णले कोदालो प्रहार गर्दा गम्भीर घाइते भएका बुवा ओम प्रसादको उपचारको क्रममा मृत्यु भएको हो ।

छोराले कोदालो प्रहार गर्दा घाइतेको भएको बुवालाई छिमेकीले बिहीबार बिहान देखेपछि हरिवनस्थित नमुना अस्पतालमा भर्ना गराइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन मेडिकल कलेज रेफर गरिएकोमा सोही राति करिब १० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी थारूले बताए ।

घरायसी विवाद हुँदा कोदालो प्रहार गरी बुवाको हत्या गरेको छोरा गोकर्णलाई प्रहरीले शुक्रबार दिउँसो ३ बजे नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

छुटाउनु भयो कि ?