समाज

ललितपुरको लेलेबाट १० जना जुवाडे पक्राउ, ९ लाख २ हजार रुपैयाँ बरामद

Madhyabindu Online


A A- A+

काठमाडौं – ललितपुरको गोदावरी नगरपालिका-५, लेलेबाट १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले लेलेस्थित नवीन सिलवालको घरमा जुवा खेलिरहेका जुवाडेलाई बिहीबार पक्राउ गरेको हो ।

जुवाको खालबाट ३५ वर्षीय सुरेन्द्र महत, ३३ वर्षीय नवीन सिलवाल, ३० वर्षका श्रीकृष्ण थापा, ३० वर्षकै दिपेन्द्र थापा, ३७ वर्षीय कान्छा डंगोल, ३५ वर्षीय मनोज डंगोल,६४ वर्षीय रामकाजी महत, माधव महत, ३३ वर्षीय आशिष लामा र ४९ वर्षीय श्याम थापा पक्राउ परेका हुन्।

उनीहरुको साथबाट कौडा १६ थान, तास ९ बुक, मोबाइल १० थान तथा ९ लाख २ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई नियन्त्रणमा लिई ललितपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी थुनामा राखिएको छ।

छुटाउनु भयो कि ?