अन्तर्राष्ट्रिय

कतारमा आठ भारतीयलाई मृत्युदण्डको सजाय सुनेर भारत स्तब्ध

Madhyabindu Online गुगल फोटो


A A- A+

काठमाडौं – कतारले आफ्ना आठ नागरिकलाई मृत्यु दण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भारतले बताएको छ।

समाचारअनुसार जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौ सैनिक अधिकारी रहेका छन्।

भारतको विदेश मन्त्रालयले मृत्युदण्ड पाउने ती आठ व्यक्तिको कथित आरोपबारे कुनै विवरण दिएको छैन। ‘यो मुद्दा प्रक्रिया गोप्य प्रकृतिको भएकाले अहिले थप टिप्पणी गर्नु उपयुक्त हुँदैन। मन्त्रालयले सबै कानुनी विकल्पहरूको खोजी गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

केही भारतीय मिडियाले सजाय पाउनेहरूमा पूर्व नौसैनिक अधिकारी भएको बताएका छन्। उनीहरूमा पूर्वक्याप्टेन र कमान्डर पनि रहेका छन्। उनीहरूलाई सन् २०२२ अगस्टमा दोहामा गिरफ्तार गरिएको थियो।

टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स र प्रेस ट्रस्ट अफ इन्डिया सबैले उनीहरूलाई ‘जासुसीको कथित मामिला’मा गिरफ्तार गरिएको बताएका छन्।

छुटाउनु भयो कि ?