कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा नेपालले गर्यो मतदान
काठमाडौं – संयुक्त राष्ट्रसंघको महासभामा इजरायल–हमास युद्ध रोक्ने प्रस्ताव पारित भएको छ ।
जसमा शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरिएको छ । यसदिनसम्म इजरायल र हमासबीच भइरहेको युद्ध २२ औं दिनमा पुगेको छ ।
न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा प्रस्तुत प्रस्तावको पक्षमा नेपालको सहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए । भारतसहित ४५ देशले मतदान गरेनन् । इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गर्यो।
उता इजरायली सेनाले शुक्रबार राति गाजामा हवाई आक्रमणलाई तीव्र पारेको छ । स्थलगत परिचालन पनि बढाइएको छ। आक्रमणका कारण गाजा क्षेत्रमा सञ्चार अवरुद्ध भएको छ भने इन्टरनेट पनि बन्द गरिएको छ । करिब २३ लाख मानिस संसारबाट सम्पर्कविच्छेद भएका छन् ।
यसैबिच, सेनालाई उद्धृत गर्दै इजरायली मिडिया क्यानले हमासको बन्दीमा २ सयभन्दा बढी बन्धक रहेको बताएको छ ।