कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

‘नेताज्यूहरूले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन’ – बालेन
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूले कसैको अपमान नगरेको बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन्।
मंगलबार काठमाडौँमा भएको बैठक बहिस्कार गर्दै बैठकको सभापतित्व गरेका ललितपुरका मेयर चिरिबाबु महर्जनको अपमान गरेको भन्ने समाचार सार्वजनिक भएपछि बालेनले सामाजिक सञ्जालमार्फत् आफूले कसैको अपमान नगरेको बताएका हुन्।
मेयर बालेनले कुनै निजी कम्पनीको पैसा खाएर १७ वटा नगरपालिकाले बसाएको बैठक आफूले बहिस्कार गरेको सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन्।
उनले नेताहरूले देश नै बेच्न खोजेको तर काठमाडौँ महानगर बिक्रीमा नभएको पनि बताएका छन्। ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो, कसैको अपमान गरेको होइन,’ उनले फेसबुकमा लेखेका छन्, ‘नेताज्यूहरूले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन। तपाईंहरूले पूरै देश नै बेच्नुभो भने पनि, काठमाडौँ एक्लै भए पनि नेपाल भनेर उभिनेछ।’
बालेनले यसअघि पनि नेताहरूमाथि खनिँदै देश बेच्न लागेको गम्भीर आरोप लगाएका थिए।