कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

क्रिकेट, टस जितेर बलिङ गर्दै नेपाल
काठमाडौं – आईसीसी पुरुष टी-२० विश्वकप एशिया क्वालिफायर फाइनल २०२३ अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलमा ओमानको सामना गर्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी रहेको खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ।
यसअघि नै नेपाल र ओमान आफ्नो दुई खेल जितेर सेमिफाइनल प्रवेश गरिसकेका छन्। आजको खेल यी दुईबीच समूह विजेता टुंग्याउने खेल हुनेछ।
नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले पराजित गरेको थियो भने दोस्रोमा मलेशियालाई ६ विकेटले पराजित गरेको थियो। यस्तै, ओमाले पहिलो खेलमा मलेशियालाई ३२ रनले हराएको थियो भने दोस्रोमा सिंगापुरलाई २२ रनले हराएको थियो।