कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

गाउँपालिका उपाध्यक्षले कार्यकक्षमै कुटे प्रमुख प्रशासकीय अधिकृत
काठमाडौं – कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई हातपात गरेका छन् ।
बिहीबार दिउँसो २ बजेतिर संचारकर्मीसँग कुराकानी गरिरहेको अवस्थामा अधिकृत ज्ञवालीको कार्यकक्षमा प्रवेश गरी हातपात गरी गालीगलौज गरेको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए ।
गाडी चाहियो भन्दै हातपात गरेको अधिकृत ज्ञवालीले आरोप लगाए । हातपातका क्रममा ज्ञवालीको नेम प्लेट र उनले काम गर्ने कार्यालयको टेवुलको सिसा पनि फुटेको छ ।
उपाध्यक्ष कुर्मीले आफ्नो अधिकारले पाएका विषयवस्तुमा तोकआदेश गर्दा बेवास्ता गर्दै फर्काउने गरेको र कामविशेष कार्यालयको गाडी माग्दा नदिएकाले विवाद भएको बताए ।
गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीको अध्यक्षतामा पालिकाको आकस्मिक बैठक बसेर उपाध्यक्षलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । उनलाई कारबाही नगरेसम्म गाउँपालिका र वडा कार्यालयको सबै काम ठप्प पार्ने निर्णय पनि गरेका छन् ।
अध्यक्ष चौधरी र अधिकृत ज्ञवाली लगायतका कर्मचारीले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई भेटर ज्ञापनपत्र दिई कडा कारबाहीको माग गरेका छन् ।