कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन, केन्द्रलाई हस्तक्षेप नगर्न ध्यानाकर्षण

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
काठमाडौं – अछामको मंगलसेनमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
मंगलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला विष्ट भण्डारीको हत्या आरोपमा उनका श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन् ।
उर्मिलाका माइती पक्षले बुधबार नै उनका श्रीमान्को नाममा किटानी जाहेरी गरिसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले बताए ।
‘मृतक उर्मिलाको टाउको र शरीरका अन्य भागमा चोटपटक देखिन्छ । प्रारम्भिक अनुसन्धानबाट कुटपिटबाट मृत्यु भएको देखिन्छ,’ उनले भने ,‘माइती पक्षले उनका श्रीमान् शेरबहादुर भण्डारीको नाममा किटानी जाहेरी दिएका छन् । उनका श्रीमान्ले मदिरा सेवन गरेको पनि देखिन्छ । अहिले हामी अनुसन्धानकै क्रममा छौं ।’
दोषीलाई उम्कन नदिनका लागि अनुसन्धान गर्ने निकाय र अन्य सरोकारवाला निकायलाई अनुरोध गरिरहेको उनले बताए । हत्या आरोपमा पक्राउ परेका शेरबहादुर हालै नेपाल प्रहरीको जागिरबाट रिटायर्ड भएका हुन् ।