आर्थिक

मंसिर महिनाकालागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाए, कुन बैंकको कति ?

Madhyabindu Online


A A- A+

काठमाडौं – वाणिज्य बैङ्कहरूले आगामी मङ्सिर महिनाका लागि ब्याजदर घटाएका छन्। बैं

कहरुले मङ्सिर १ गतेदेखि लागू हुने गरी नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका हुन् । जहाँ एक दर्जनभन्दा बढी बैंकहरुले ब्याजदर घटाएका छन् भने, एक बैंकले मात्रै बढाएको छ ।

चालू आर्थिक वर्षको पहिलो महिनामै १४ बैंकहरुले निक्षेप ब्याजदर बढाएका थिए भने, चारले घटाए र दुई बैंकले स्थिर राखेका थिए । त्यस्तै, भदौमा १२ वाणिज्य बैंकहरुले निक्षेप ब्याजदर बढाए, ४ वटाले घटाए र ४ बैंकले ब्याजदर स्थिर कायम गरेका थिए ।

कार्तिक महिनामा १४ बैंकहरुले आफ्नो ब्याजदर घटाएका थिए । भने, दुई वटाले बढाए र ४ वटा बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका थिए । हाल बैंकहरुमा पर्याप्त तरलता भएकाले अधिकांश बैंकहरुले ब्याजदर घटाएको देखिन्छ ।

मङ्सिर महिनाका लागि माछापुच्छ्रे बैंकले मात्रै आफ्नो मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । जहाँ बैंकले कार्तिक महिनामा ९।९९ प्रतिशत रहेको ब्याजदरलाई ०।६१ प्रतिशतले बढाएर १०.६० प्रतिशत पुर्याएको छ । भने, सबैभन्दा बढी एनआईसी एसीया बैंकले २.०४ प्रतिशत मुद्दति निक्षेपको ब्याजदर घटाएको छ ।

त्यस्तै, मंसिर महिनाका लागि एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, नबिल बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक, स्टयाडर्ड चार्टट बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक र राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ब्याजदर घटाएका छन् ।

त्यसैगरी, नेपाल बैंक, प्राइम बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज् बैंक र सिद्धार्थ बैंक बैंकले कार्तिक महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।

कुन बैंकको कतिः

छुटाउनु भयो कि ?