राजनीति

राष्ट्रपति कांग्रेसको प्रतिनिधि भएर भूकम्प प्रभावित क्षेत्रमा गए – ओली

Madhyabindu Online


A A- A+

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसको प्रतिनिधि भएर गएको बताएका छन्।

एमाले कार्यालय च्यासलमा शनिबार आयोजित एमाले जनसंगठन समन्वय संयन्त्रको विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पनि कांग्रेसकै प्रतिनिधि भएर गएको बताएका हुन्।

ओलीले एक वर्ष नपुग्दै राष्ट्रपतिले अलोकतान्त्रिक पक्षधरता भेद्भावपूर्ण व्यवहार देखाएको र संविधान सिध्याउनेतर्फ लागेको बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल पनि माओवादीको प्रतिनिधि भएर जाजरकोट गएको उनको आरोप थियो।

अध्यक्ष ओलीले लोकतान्त्रिक प्रणालीमा अधिनायकवाद व्यवहार स्वीकार्य नहुने स्पष्ट पार्दै उनले देशको बेतिथीलाई रोक्न आगामी सात गते पार्टी संगठनले गर्न लागेको प्रदर्शनलाई एमालेको साथ र समर्थन रहेको बताए ।

ओलीले शान्तिपूर्ण ढंगले सडकमा उत्रिएर प्रतिक्रियावादीको सामना गर्ने धारणा बताए।

छुटाउनु भयो कि ?